काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान
काठमाडौं, ५ चैत । काभ्रेको रोशी गाउँपालिकाका गोली चलेको छ । काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् ।

विप्लव समूहले बम बनाइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि उक्त समूहका कार्यकर्ता जाइलागेपछि प्रहरीले प्रतिकार गरेको दाबी उच्च प्रहरी स्रोतको छ । घटनास्थलबाट बम बनाउने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ । सरकारले प्रतिबन्ध लगाएपछि देशभर विप्लव समूहविरुद्ध सुरक्षा संयन्त्र परिचालित छ । यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।