एसइई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुँदै


८ चैत्र २०७५, शुक्रबार

काठमाडौं, ८ चैत । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे ।

यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिए । परीक्षाको सबै तयारी पूरा भएको एसइइ बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पूरानो कोर्ष अन्तर्गतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७