‘सेलिब्रेटी’ नायिका करिष्माको कस्तो भयो एसईई ? भन्छिन्, ‘साइन्समा च्यालेन्जिङ्ग छ’


१० चैत्र २०७५, आईतवार
karisma see

काठमाडौं, १० चैत । यस पटकको एसईई परीक्षा अन्य वर्षको भन्दा अलि भिन्न बनेर आएको छ । यो वर्षको एसईईमा कलाकारदेखि सांसदसम्मको सहभागिता देख्न पाइएको छ ।

karisma see

यस्तै अन्य जनप्रतिनिधिहरुदेखि पाँच जना बच्चाको आमा समेत एसईईमा सहभागी भएको खबरले नेपालमा पनि पढाइको महत्व विस्तारै बढ्दै गएको बुझ्न समेत सकिन्छ ।

karishma see

चर्चित अभिनेत्री करिष्मा मानन्धरले आज पहिलो दिनको एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

karishma 1

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् । परीक्षा दिनका लागि मानन्धर आफैं बा ९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् । करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् । राजनीतिमा करिअर बनाउँदै गर्दा पढाइको महत्व देखेकी करिष्माको लागि अन्य विषयहरु सामान्य नै लाग्छन् । तर, विज्ञान (साइन्स) विषय भने अलि कठिन लाग्ने बताइन् ।

karishma

उनी भन्छिन्, ‘खै किन हो साइन्स विषयमा त्यति इन्ट्रेष्ट नै लाग्दैन, यहि विषय मेरा लागि च्यालेन्जिङ्ग देखिएको छ ।’ जे होस् इच्छा चाहना भए पढाइलाई उमेर वाधक बन्दैन भन्ने उदाहरण दिएकी करिष्माको यो चाहना सफल हुँदै उनले लिएको दृढ विश्वास अन्य धेरै महिलाहरुका लागि समेत प्रेरणा बन्न सकोस् सफलताको शुभकामना ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७