बैंकका कारण ३८ करोड गुमाएका कमलमान गुभाजुको दारुण कथा

काठमाडौं, १० चैत । मनकामना, यति विकास बैंक हुँदै महालक्ष्मी विकास बैंकले जालझेल गरी एक सुन कारोबारीको ३८ करोड रुपैयाँको धितो हडपेको छ । जापानमा २० बर्षसम्म गहनासम्बन्धी तालिम लिएर पोखरा मोहरिया टोलमा कला सुनचाँदी पसल संचालन गरेका कमलमान गुभाजुलाई २०६७ मा तत्कालीन मनकामना विकास बैंकबाट १० करोड बराबरको घर र विभिन्न कित्ता जग्गा राखी ऋण लिएका थिए ।

प्राइम बैंकबाट कारोबार गर्दैआएका उनले सुन पनि त्यही बैंकबाटै किनेर आफ्नो ब्यवसाय चम्काएका थिए । उनी गहना बनाउन निपूर्ण भएकाले उनकोमा ग्राहकहरुको भीड लाग्न थाल्यो ।

पोखराको गुभाजु परिवार, उनको सुन पसलमा राम्रो कारोबार हुने थाहा पाएपछि २०६७ मा तत्कालीन मनकामना विकास बैंकका सीइओ भूषण राणा(शेरबहादुर देउवाका साला), भाष्कर रिमाल र शाखा प्रबन्धक प्रवलसिंह ठकुरीको मनमा पाप पलायो । उनीहरु उनको पोखरा मोहरिया टोलमा रहेको कला सुनचाँदी पसलमा गए । र, पानी परिरहेको समयमा उनलाई आफ्नो बैंकबाट कारोबार गरे धेरै फाइदा हुने, जति पनि ऋण दिने भनेर प्रलोभन दिए ।

त्यही प्रलोभनमा परी उनी भूषण राणासँग उनकै गाडीमा ग्रान्ड होटलमा गए । ग्रान्ड होटलमा लगी उनलाई धेरै प्रलोभन दिएपछि उनी मनकामना बैंकबाट कारोबार गर्न राजी भए । उनले २०६७ मा मनकामना विकास बंैकमा १० करोड भन्दा बढीको घरजग्गा राखी ४ करोड ८० लाख ऋण लिए । जुन दिन उनले ऋण लिए त्यही दिनदेखि उनका दशा सुरु भए ।

उनले २०६७ मा १०करोड बराबरको धितो राखेका जग्गामात्र होइन, उनको पोखरा मोहरिया टोलमा रहेका २ वटा घर समेत भूषण राणाले रोक्का राखे । त्यतिले मात्र नपुगेर चितवनका बीसौं करोडका जग्गा समेत ठाडो रोक्का राखे ।

३८ करोडको जग्गा जमिन र सम्पत्ति भएका कमलमान गुभाजु अहिले छोरीको शुल्क तिर्नसमेत नसक्ने अवस्थामा पु¥याइएका छन् । उनकी श्रीमती एउटा स्कुलमा पढाउँछिन्, उनी भूषण राणा, भास्कर रिमाल, सागर शर्मा र सुरेन्द्र दाहालको धम्कीबाट भयभीत हुँदै लुकीलुकी हिड्न विवश छन् ।

सबै सम्पत्ति लुटिसकेपछि भूषण राणा र सागर शर्माहरुले उनलाई उल्टै न्याय माग्न गएको ठाउामा त्यो फटाहा हो भन्ने गरेका छन् । मनकामना, यति विकास अहिले महालक्ष्मी विकास बैंक भएको छ । उनको धितो हडपिसकेपछि भूषण राणा, कालु गुरुङ र सागर शर्मा मिलेर अति कम मूल्यमा उनीहरुका आफन्तको नाममा लिलाम सकार गराउँँदैआएका छन् । गुभाजुले १ करोड ९७ लाखमा खरिद गरेर धितो राखेको जग्गा २३ रोपनी जगगा भूषण राणा, सागर शर्माहरुले २९ लाखमा उनीहरुका आफन्तका नाममा लिलाम गरेका छन् ।

२०६७ मा जग्गाको भाउ कम हुँदा १ करोड ९७ लाखमा किनेको जग्गा २०७२ मा बिक्री गर्दा दोब्बर मूल्य बृद्धि हुनुपर्नेमा २९ लाखमा लिलाम गरेको बिषयमा राष्ट्रबैकले छानबिन गरी भूषण राणाहरुलाई कारबाही गर्नुपर्ने हो, तर देउवा साला भएको आडमा उनीमाथि छानबिन हुन सकेको छैन । उक्त २३ रोपनी जग्गा ब्याज तिरिसकेपछि फिर्ता दिने भनेर भूषण राणा र भास्कर शर्माले भनेर रोक्का राखेका थिए । तर पछि ब्याज तिर्दा पनि फिर्ता नगरी उल्टै २९ लाखमा उनीहरुका आफन्तका नाममा लिलाम गरिएको गुनासो गुभाजुले गरे ।

गुभाजुले २०७० मा २ करोड २० लाख रुपैयाँ तिर्न खोज्दा बैंकले नलिएपछि निवेदन लेखे । त्यो निवेदन लेख्दा पनि बैंकले उनको रकम नबुझी उनलाई मर्ज हुन लागेको भन्दै टार्यो । ऋण समेत नलिएर भूषण राणाहरुले उनको सम्पत्ति हडप्न खोजेको देखिन्छ ।

४ करोड ८० लाख ऋण लिएकोमा उक्त ऋणको ब्याज तिर्दैआएका उनले २०७० मा २ करोड ५० लाख तिर्नका लागि निवेदन दिए । तर उनले ऋण तिर्न खोज्दा लिइएन । बैंक मर्ज हुन लागेको बहाना बनाएर उनले ऋण तिर्न खोज्दा बैंकले लिएन । पछि त बैंकमा पस्नै नदिने, धम्की दिने गर्न थाले ।

एकैपटक उनका सबै जग्गा ठाडो रोक्का राख्ने र लिलामी गर्ने क्रम सुरु भयो । उनले सबै निकाय गुहारे । तर कतैबाट पनि न्याय नपाएपछि उनी थाकेर भन्छन्, हाम्रो सम्पत्ति टाइ लगाएर बैंकको आवरणमा लुटियो । कानुन हामी जस्ता इमान्दारका लागि होइन रहेछ, भूषण राणाजस्ताहरुको गुण्डागर्दीका अगाडि कानुन निरीह हुँदोरहेछ ।


ऋण तिरिसकेपछि पनि धितो फुकुवा नगरेपछि गुभाजु र उनका परिवारले बैंकलाई यस्तो पत्र लेखेका थिए । तर गुभाजुले निवेदन दिए पनि भूषण राणादेखि सागर शर्माहरुले उनको जग्गा आफ्ना नातागोताका नाममा अति कम मूल्यमा लिलाम गरे ।

मेरो सम्पत्ति लुटेर मात्र नपुगी भूषण राणाले मेरा विरुद्ध कर्जा सूचना केन्द्रमा उजुरी दिएका छन् । कानुनी राज्य भन्ने कुरा हामीजस्ताका लागि होइन । गुभाजु भन्छन्, ‘मैले राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पुनः एकपटक न्याय पाउने आशामा निवदेन दिएको छु । अब न्याय नपाए मेरा अगाडि अब सपरिवार महालक्ष्मी विकास बैंकअगाडि गएर आत्महत्या गर्नुको विकल्प छैन । म आत्मदाह गर्ने मनस्थितिमा पुगिसकेको छु ।’ भूषण राणाले सबै सम्पत्ति लुटेपछि सडकमा पुगेका गुभाजु निराश हुँदै भन्छन् ।

प्रस्तुत छ, उनको कथाब्यथा उनकै शब्दमा :

प्रतिक्रिया दिनुहोस्