स्वास्थ्यको सूची सार्वजनिक नगरी नै कर्मचारी समायोजन सकिएको घोषणा


१४ चैत्र २०७५, बिहीबार
samayojan

काठमाडौं, १४ चैत । सरकारले स्वास्थ्य सेवाको कर्मचारी समायोजन सुची सार्वजनिक नगरी नै कर्मचारी समायोजन कार्य सकिएको घोषणा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम सकिएको जानकारी दिएको हो । तर स्वास्थ्य सेवाको संघ, सात प्रदेश, स्थानीय तह र फाजिल गरी २७ हजार ३ सय २ कर्मचारीको समोजन सुची भने सार्वजनिक भएको छैन् ।

पत्रकार सम्मेलनमा नै सामान्य प्रशासन मन्त्रालयको वेबसाइड खोलेर हेर्दा समेत सूची नभेटिएपछि पत्रकारको प्रश्नमा स्वास्थ्यका कर्मचारीको सूची मिलाउन केही प्राविधिक काम बाँकी रहेको जानकारी दिए । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बिहीबार साँझसम्म स्वास्थ्यको सूची सार्वजनिक गर्ने जानकारी दिए ।

यसैगरी मन्त्रालयका सह–सचिव केदार प्रसाद पनेरुद्धारा जारी विज्ञप्तीमा नेपाल स्वास्थ्य सेवा तर्फका २०७५ कर्मचारी संघमा र ३७३ प्रदेश नं १, ३३० प्रदेश नं. २, ३७१ प्रदेश नं. ३, ३३५ गण्डकी प्रदेश, ४६४ प्रदेश न ५, २०० कर्णाली प्रदेश, २२१ सुदुर पश्च्मि प्रदेश गरी २३९४ जना प्रदेशमा समायोजन भएको उल्लेख छ । भने स्थानीय तहमा २२ हजार १ सय ७६, फाजिल ६ सय ५७ गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ ।


मन्त्रालयले साविकका क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवातर्फ ४ हजार ९८ दरबन्दी कायम गरिएको छ। जुन प्रदेशको कूल दरबन्दीको १८ दशमलब ५ प्रतिशत भएको भनाइ छ। साथै, पछि थपिएका दुई जिल्लामा जिल्ला अस्पतालसमेत थप गरी दरबन्दी कायम गरिएको जनाएकाे छ।

स्थानीय तहमा स्वास्थ्यको अधिकृत र सहायक गरी २५ हजार ६ सय ५४ दरबन्दी कायम भएको छ। जसअन्र्तगत अधिकृत २ सय १० र सहायक २५ हजार ४ सय ४४ कर्मचारीको दरबन्दी कायम भएको छ। स्थानीय तहको कूल दरबन्दीको ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

४ हजार १७ स्वास्थ्य संस्थाहरुबाट स्थानीय तहको स्वास्थ्य सेवा प्रवाह हुने, ३ सय ८ आयुर्वेद औषधालय सम्बन्धित स्थानीय तहको मातहत हुनेगरी हतान्तरण भएको र २७ प्राथमिक अस्पताललाई सम्बन्धित स्थानीय तह मातहतमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

कर्मचारी समायोजन महाशाखा प्रमुख समेत रहेका सह-सचिव पनेरूका अनुसार संघमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् । निजामती कर्मचारीहरुको स्वीकृत दरबन्दी भने एक लाख ३७ हजार ६ सय १४ छ ।

याे पनि पढ्नुहाेस्

कर्मचारी समायोजन प्रक्रिया टुंगिएकाे घाेषणा, कुन तहमा कति ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७