हावाहुरी पीडितका लागि टानको सहयोग अभियान, एकैदिनमा उठ्यो ६७ हजार


२२ चैत्र २०७५, शुक्रबार
tann

काठमाडौँ, चैत २२ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले हावाहुरी पीडितको लागि राहत संकलन गर्ने शुरु गरेको छ ।

बारा र पर्सामा केही दिन अघि आएको हावाहुरीबाट पिडित भएकालाई सहयोग गर्न टानले पर्यटन ब्यवसायी तथा (पदयात्रा) ट्रेकिङ ब्यवसायीहरुलाई राहत संकलनमा सघाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले शुक्रबार आयोजित पत्रकार भेटघाटमा पदयात्रा र पर्वतारोहणका क्रममा ज्यान गुमाएकालाई मात्रै नभई देशको जुनसुकै स्थानमा विपत्ति आईपरेपनि सहयोग गर्ने भावना अनुसार हावाहुरी पीडितलाई पनि सहयोग गर्न खोजिएको बताए ।

टानले Social Welfare & Humanitarian का संयोजक चन्द्र गुरुङको संयोजकत्वमा राहत संकलन गर्ने गरि आफ्ना सबै सदस्यहरुलाई मेगा बैंकमा रहेको संस्थाको खाता नम्बर ००१००६०२४६७९५ मा रकम जम्मा गर्न सर्कुलर समेत गरिसकेको छ ।

टानले संकलन गरेको नगद, खाध्य सामग्री लगायत अत्यावश्यक सामग्री संकलन गरि एक हप्ता भित्रै सम्बन्धित निकाय मार्फ़त वितरण गर्ने जनाएको छ । राहत संकलनकै क्रममा टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले २५ हजार रुपैयाँ संयोजक गुरुङलाई प्रदान गरेका छन ।

टानका कार्यसमितिबाट हालसम्म ६७ हजार रुपैयाँ संकलन भईसकेको छ । संस्थाका प्रथम उपाध्यक्ष जीवन थापा मगरले १० हजार, सदस्य राजन प्रसाद काप्रीले ५ हजार, सदस्य गोपाल श्रेष्ठले ७ हजार सदस्य बाबुराम गुरुङले ५ हजार रकम प्रदान गरेका छन् । त्यस्तै सदस्य महेश बुढा मगरले ५ हजार, सदस्य जीवन ह्लामोले ५ हजार र कर्मचारी दिनेश ढकालले ५ हजार सहयोग दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७