देशभरका १२ सय वडामा आधारभूत स्वास्थ्य संस्था निर्माण हुँदै, कुन प्रदेशमा कति ? (सूचीसहित)


२६ चैत्र २०७५, मंगलवार

काठमाडौं, २६ चैत । सरकारले स्वास्थ्य संस्था नभएका देशभरका एक हजार २ सय वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ ।

health ministry

सरकारले यसका लागि वडाको पहिचान गरिसकेको छ । सरकारले स्थानीय तहसँगको लागत सहभागितामा २ वर्षभित्र संस्था निर्माण गरिसक्ने जनाएको छ ।

स्वास्थ्य संस्था नभएका वडामध्ये पहिलो चरणमा १२ सय वडामा र दोस्रो चरणअन्तर्गत एक हजार ३१० वटा संस्था निर्माण हुने जनाइएको छ । पहिलो वर्षका लागि चार अर्ब बजेट विनियोजन भइसकेको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

पहिलो चरणमा स्थानीय तहको माग, जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छ । मन्त्रालयले जनसंख्याका आधारमा टाइप १ र टाइप २ गरी दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ ।

छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ ।

त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई टाइप २ मा राखिएको छ । टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन ।

नेपालमा हाल ६ हजार ७४३ वडाहरु छन् । तीमध्ये अहिले पनि कतिपय वडामा स्वास्थ्य संस्था नभएका वडाहरुमा निर्माण गर्ने भनिएको भवन तोकिएकै समयमा निर्माण गर्न भने चुनौती हुने देखिन्छ ।

पीडीएफमा हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७