पहिलोपल्ट जुगल हिमालको सफल आरोहण


२७ चैत्र २०७५, बुधबार
फाइल फोटो

सिन्धुपाल्चोक, २७ चैत । काठमाण्डौबाट नजिक रहेको जुगल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमश्रृङ्खलामा पर्ने ६ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।

हिमाल आरोहणमा समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले मंगलबार अपराह्न ५ बजेर २० मिनेटमा आरोहण गरेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमश्रृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७