‘ओली सरकार पाकेको फर्सी हो, आफै झर्छ’


३० चैत्र २०७५, शनिबार
Ramesh Lekhak 20190413072212

ओखलढुङ्गा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रमेश लेखकले वर्तमान सरकार पाकेको फर्सी जस्तो भएको टिप्पणी गरेका छन् ।

Ramesh Lekhak 20190413072212

नेपाल प्रेस युनियनले शनिबार ओखलढुंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले ओली सरकार पाकेको फर्सी भएकाले आफैँ झर्ने बताए । उनले भने, ‘अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सी जस्तो हो, केही गर्नै पर्दैन, आफैँ झर्छ ।’

पूर्व मन्त्री समेत रहेका नेता लेखकले देशैभरि डोजरको खेति चलिरहेको बताएका छन् । विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनुपर्नेमा जोड दिए ।

कार्यकर्ताहरुलाई एक घण्टा प्रशिक्षण समेत दिएका नेता लेखकले अहिलेको सरकार चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको आरोप लगाए । सरकार पानीजहाज र रेलको सपनामा जनतालाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको लेखकको भनाइ छ ।

सरकारका गतिविधिले राष्ट्रिय रुपमा नैराश्यता आएकाले नागरिकलाई निराश हुन नदिन काँग्रेसले भूमिका खेल्ने उनले जनाए ।

ओखलढुंगा महोत्सवमा सहभागी हुन आएका नेता लेखकले कांग्रेसले चुनावमा हार व्यहोरेको समीक्षासमेत कार्यकर्तालाई सुनाएका छन्। उनले, टिकट वितरण, उम्मेद्वार छनौट, दुई पार्टीको एकता लगायतका कारणले पार्टीले हारेको निष्कर्ष सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७