अब मिसनमा जाने सशस्त्र प्रहरीको डेढ सय डलर नकाटिने


२ बैशाख २०७६, सोमबार
mission

काठमाडौं, २ बैसाख । मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको डेढ सय अमेरिकी डलर अब नकाटिने भएको छ ।

mission

मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, पूर्व सशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्नुगर्ने रकम खारेज भएको हो ।

बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५–३५ र खेलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको जानकारी गराएका छन् ।

अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको अध्यक्षतामा रहेको केन्द्रको सञ्चालक समितिले पेश गरेको प्रस्ताव अनुरुप अतिरिक्त शुल्क तिर्नुपर्ने नियम खारेज भएको हो । समितिमा गृह र अर्थ मन्त्रालयका उप–सचिव पनि प्रतिनिधि रहने व्यवस्था छ भने सशस्त्र प्रहरी महानिरीक्षक संरक्षक हुन्छन् ।

बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार समितिको प्रस्ताव आईजीपी खनालबाट स्वीकृत भएसँगै मिसनमा गएका अधिकारीको रकम कटौती खारेज भएको हो । अब नेपाली सेना र नेपाल प्रहरीमा झैं मिसन गएका सशस्त्र प्रहरीका अधिकारीले कल्याणकारी कोषमा मात्रै योगदान दिनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७