उपेन्द्र यादवका उम्मेदवारलाई ४ मतमात्रै ?


२ बैशाख २०७६, सोमबार
pradip y

वीरगन्ज २ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अर्को धक्का लागेको छ । फोरमको पर्सा अध्यक्षमा पार्टीभित्र उनका कट्टर आलोचक प्रदीप यादवले जितेका छन् । र, यादवलाई सर्वसम्मत अध्यक्ष बनाउन पर्सा फोरमका प्रायः सबै नेता लागेका थिए । उनीहरुले अध्यक्ष यादवलाई अनुरोध पनि गरे । तर उपेन्द्र यादवले प्रदीप यादवका बिरुद्ध प्रदेश सांसद अब्दुल रहिम अन्सारीलाई पर्साको अध्यक्षमा उम्मेदवार बनाए ।

pradip y
पर्सा जिल्ला अध्यक्षमा निर्वाचित भएपछि सांसद प्रदीप यादव समर्थकहरुबीच


चुनावमा उपेन्द्र यादवका उम्मेदवार अन्सारीले ४ मत मात्र पाए । सोमबार भएको मतदानमा ४० मतका साथ संघीय सांसद प्रदीप यादव चौथो पटक जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा बीरगंज महानगरपालिकामा फोरमका उम्मेदवार विजयकुमार सराबगीलाई जिताउनेदेखि प्रतिनिधिसभा र प्रदेशसभामा पर्सा जिल्लामा फोरमलाई अभूतपूर्व सफलता दिलाउने प्रदीप यादवलाई उनले कार्यकर्ताको भावना बुझेर स्वास्थ्य राज्यमन्त्री बनाउने अनुमान सबैले गरेका थिए । तर चुनावभन्दा १ महिनाअघि नयाँशक्तिबाट आएका डा. सुरेन्द्र यादवलाई मन्त्री बनाएपछि फोरमभित्र असन्तुष्टी छ ।

उपेन्द्र यादवले प्रदीप यादव जस्ता पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निभाउनेलाई मन्त्रिपरिषदमा नसमेटी नवप्रवेशी सुरेन्द्र यादवलाई लगिएको बिषयमा पार्टीभित्र असन्तुष्टी ब्याप्त छ । पार्टीभित्र आफ्नो बिरोध गरेको भनी प्रदीप यादवविरुद्ध उनी रुष्ट थिए । त्यसैकारण उनका विरुद्ध अन्सारीलाई जिल्ला अध्यक्षमा खडा गरेका थिए । तर अन्ततः अन्सारीको लज्जाजनक हार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७