प्राध्यापकलाई मोसो दल्ने ६ विद्यार्थी निष्कासित


३ बैशाख २०७६, मंगलवार
krisha

चितवन, ३ बैसाख । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापकलाई मोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

krisha

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझामाथि मोसो र जुक्ताको माला लगाउने संकाय छैठौं समेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै मोसो र जुत्ताको माला लगाई दिएका थिए ।

यसैबीच, प्रजातन्त्रवादी प्राध्यापक संघले भरतपुरमा आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत्र २२ गतेदेखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य उपप्रध्यापक रामहरि तिमिल्सिनाले आरोपी विद्यार्थीहरुको हुलियासहित किटानी जाहेरी दिंदा पनि प्रहरी प्रशासनले अझै पक्राउ गर्न नसकेकोमा रोष प्रकट गरे ।

आरोपीहरुले सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा अन्तरवार्ता दिदैं आफूहरुले ठीक गरेको दावी गरिरहँदा प्रशासन मौन बसेको भन्दै प्रहरीको भूमिका शंकास्पद देखिएको उपप्रध्यापक तिमिल्सिनाको आरोप छ । उनले विश्वविद्यालयमा प्राध्यापकहरुले पढाउन सक्ने बातावरण नरहेको भन्दै वातावरण निर्माण गर्न सबैसँग आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७