नेपालको पहिलो भूउपग्रहकाे सफल प्रक्षेपण

प्रधानमन्त्रीको ट्वीट, ‘अब नेपाल पनि भूउपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जाेडियाे’


५ बैशाख २०७६, बिहीबार
nasa1

काठमाडौं, ५ बैसाख । नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो ।

nasa1

जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।

satellite

प्रधानमन्त्री केपी शर्मा ओलीले भूउपग्रह कुरा ट्वीटरमा जानकारी गराउँदै अब नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन् । उनले लेखेका छन्, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।’

nasa1 1

उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ ।
यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७