साञ्जेन र रसुवागढीको आइपिओ खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?


६ बैशाख २०७६, शुक्रबार
IPO aakhukhola

काठमाडौं, ६ वैशाख ६ । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ) आज (शुक्रबार) बाट खुला गरिएको छ ।

IPO aakhukhola

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि आवेदन दिन पाउने छन् । रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणको लागि खुला गरेको हो ।

कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपिओ बिक्री खुला गरेको कम्पनीले जनाएका छन् ।

यसैगरी साञ्जेनले पनि कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन खुलाएको हो ।

साञ्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । वैशाख १० गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७