येचुरीले भने, ‘राहुल गान्धी बीजेपीविरुद्ध लडेको कि कम्युनिष्टविरुद्ध प्रष्ट पार्नुपर्छ’


७ बैशाख २०७६, शनिबार
yechury trmeQohpza

काठमाडौं, ७ बैसाख । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीले कांग्रेस अध्यक्ष राहुल गान्धीले बीजेपीविरुद्ध लड्न लागेको हो वा कम्युनिष्टविरुद्ध स्पष्ट पार्नुपर्ने बताएका छन् ।

महासचिव येचुरीले वामपन्थीको गढ मानिने केरलको वायनाडबाट गान्धीको उम्मेद्वारीले अलग सन्देश गएको बताएका छन् । सीताराम येचुरी भन्छन्, ‘केरलको सबै २० सिटमा कांग्रेस नेतृत्वको यूडीएफ र वाम दल नेतृत्वको एलडीएफबीच प्रतिष्पर्धा रहेको छ ।

yechury trmeQohpza

चाहे उम्मेद्वार राहुल हुन् वा अरु कोही ।’ येचुरी भन्छन्, ‘अब राहुल गान्धी के चाहन्छन्, त्यो उनीमाथि नै भर पर्छ । राहुल गान्धी आफ्नी आमा र हजुरआमाभन्दा बेग्लै तरिकाले केरलमा वाम दलविरुद्ध उठेर के सन्देश दिन चाहन्छन् ? उनले देशलाई बताउनुपर्छ कि उनको लडाइँ बीजेपीविरुद्ध हो वा वामदलविरुद्ध ?’

राहुल गान्धी केरलबाट उम्मेद्वार बनेपछि भारतीय कम्युनिष्ट पार्टीले कांग्रेसलाई समर्थन गर्ने सम्भावना सकिएको भन्ने प्रश्नमा महासचिव येचुरी भन्छन्, ‘यदि राहुल गान्धी नभए त्यहाँ कांग्रेसको कोही अरु उम्मेद्वार हुन्थ्यो ।’

येचुरीले चुनावपछि नै प्रस्तावित धर्मनिरपेक्ष सरकारको हिस्सा हुने नहुनेबारे छलफल हुने बताएका छन् । यस पटक राहुल गान्धी उत्तर प्रदेशको अमेठी र केरलको वायनाड क्षेत्रबाट चुनावमा उठ्दै छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७