सेनाको हेलिकोप्टरले यसरी ल्यायो सगरमाथाको पाँच टन फोहोर

सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार खर्च हुने


७ बैशाख २०७६, शनिबार
sena1

काठमाडौं, ७ बैसाख । १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानको पहिलो चरणमा संकलित फोहोर काठमाडौं ल्याइएको छ ।

अभियानको पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलित फोहोर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो । नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन गरिएको एक दशमलब पाँच टन फोहोर काठमाडौं ल्याएको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

sena1

बैसाख १ देखि सगरमाथा क्षेत्रको सफाइ खटिएको सेनाले आफ्नै हेलिकोप्टरमार्फत पहिलो पटक फोहोर ल्याएको हो । काठमाडौं ल्याइएको फोहोरलाई सेनाले ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरेको छ । काठमाडौं ल्याइएको फोहोरलाई भने ब्ल्यू वेस्ट टु भ्यालु नामक संस्थाले व्यवस्थापन गर्ने छ ।

व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमा नै व्यवस्थापन गरी प्रशोधन गर्न मिल्ने फोहो रमात्रै काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । ४५ दिनसम्म चल्ने सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने जानकारी दिइएको छ । सगरमाथा क्षेत्र सफाइ अभियानमा १२ जना खटिएका छन् । यस अभियानका क्रममा सगरमाथा क्षेत्रमा अलपत्र परेका शवहरुको पनि व्यवस्थापन गर्ने प्रयास गरिने छ ।

sena 2

नेपाली सेनाको सगरमाथा सफाइ अभियानमा स्थानीय तह र विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । सगरमाथा सरसफाइ अभियान २०१९ आगामी जेठ २२ गतेसम्म चल्ने जनाइएको छ । सफाइका क्रममा संकलित केही फोहोर सामग्रीलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन (मे २९) मा नाम्चेमा प्रदर्शन गर्ने र उक्त फोहोर सामग्रीलाई विश्व वातावरण दिवसको अवसरमा (जुन ५ अर्थात जेठ २२ गते) काठमाडौंमा समेत प्रदर्शन गरिने भएको छ ।

गएको वर्षदेखि ब्ल्यू वेस्ट टु भ्यालुले सगरमाथा क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गर्दै आएको र उक्त फोहोरलाई पहिला म्याटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा लगेर विभिन्न भागमा छुट्याइने संस्थाका म्यानेजर आशिष खनालले जानकारी दिएका छन् । त्यसरी छट्याइएको फोहोरको तौल मापन गरी प्रशोधनका लागि खनाल बताउँछन् ।

sena2

यस वर्ष सफाइ अभियानका क्रममा सगरमाथाबाट पाँच हजार किलो र सगरमाथाको अन्य क्षेत्रबाट पाँच हजार किलो गरी १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ ।

sagarmatha 1 1

सफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, वन तथा वातावरण मन्त्रालय, पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सहभागिता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७