विवेकशील साझाले छान्यो महानगर र नगरपालिकाहरुको संयोजक, को–को छानिए (सूचीसहित)


७ बैशाख २०७६, शनिबार
bibekshil

काठमाडौं, ७ बैसाख । विवेकशील साझा पार्टीले काठमाडौ जिल्लाका महानगर र नगरपालिकाहरुको संयोजक छानेको छ ।

काठमाडौंमा आज एक कार्यक्रम गरी पार्टीका तर्फबाट नगरपालिका र महानगर हेर्ने आधिकारिक संयोजकसहितका पदाधिकारीको चयन गरेको हो ।

bibekshil

पार्टीले काठमाडौं महागनरपालिकाको संयोजकमा धनिज थापा, कीर्तिपुरको संयोजकमा दिल कुमार, चन्द्रागिरीमा उत्तम खनाल, दक्षिणकालीमा सुदिक्षा रैला, नागार्जुनमा अनिता काफ्ले, तार्केश्वरमा अजित खड्का, गोकर्णमा महेश श्रेष्ठ, कागेश्वरीमा प्रल्हाद पोखरेल, शंखापुरमा सुरेन्द्र रञ्जित बुढानिलकण्ठमा मधुसुधन कार्कीलाई संयोजक तोकेको छ ।

अब पार्टीका गतिविधिलाई थप सक्रियता दिइने विवेकशलि साझाले जनाएको छ । पार्टीकी नेतृ अनुपा श्रेष्ठले काठमाडौंको संगठन विस्तार र भ्रष्टाचारविरुद्धको अभियानलाई देशब्यापी बनाइने जानकारी समेत गराएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७