बझाङमा तीन मध्ये २ एमाले र एक माओवादीको पोल्टामा


प्रकाशित मिति : December 8, 2017

बझाङ: प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाडमा तीनै क्षेत्रमा वाम गठबन्धनले विजय हाँसिल गरेको छ ।

प्रतिनिधि सभामा एमालेका भैरब बहादुर सिंहले ३४ हजार ६ सय १२ मत ल्याई विजयी भए । प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भए ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट माओवादी केन्द्रकी देवकी मल्ल थापा १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले बताए ।

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिदोन्दी उम्मेदवार नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याए । यस्तै, प्रदेशसभा १ मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाए पराजित भइन् ।

प्रदेश सभाको २ मा नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजित भए । बझाडमा प्रतिनिधि सभाका लागि सात वटा दलका ७ जना उम्मेदवार चुनावी मैदानमा थिए भने प्रदेश सभा १ मा ६ तथा प्रदेश सभा २ मा ४ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्