रानीपोखरी निर्माणमा महानगरको डुब्यो दुई करोड


११ बैशाख २०७६, बुधबार
ranipokhari


काठमाडौं, ११ बैसाख । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो ।

काम शुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो ।

जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औंल्याएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७