वर्ल्डलिङ्कले कर्पोरेट ग्राहकका लागि थप्यो सुविधा, यी हुन् थप सुविधा


११ बैशाख २०७६, बुधबार
Worldlink Communications fNOZSdkeWQ

काठमाडौं, ११ बैसाख । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि सुविधा थप गरेको छ ।

कम्पनीले इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने जनाएको छ ।
विगत २३ वर्षदेखि उच्च तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिङ्कले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । वर्ल्डलिङ्कले उक्त सेवालाई विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचालु गराएको हो ।

वल्र्डलिङ्कले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको जनाएको छ । वर्ल्डलिङ्कले कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापनलगायतका सुरक्षा सुविधा उपलब्ध गराएको छ ।

यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वर्ल्डलिङ्कका ग्राहकले मात्रै प्रयोग गर्न सक्ने पनि वल्र्डलिङ्कले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७