मुख्यमन्त्रीका दावेदार माओवादीका नरेश भण्डारी विजयी


प्रकाशित मिति : December 8, 2017

काठमाडौं: जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् ।

भण्डारीले कांग्रेसका राजुसिंह कठायतलाई चार हजार ३७ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।भण्डारीले १२ हजार ५७४ मत प्राप्त गरे भने कांग्रेसका कठायतले ८ हजार ५३७ मत ल्याएका छन् ।

विजयी भएका भण्डारी प्रदेश ६ का मुख्यमन्त्रीका दावेदार समेत हुन् । माओवादीको बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका भण्डारी कर्णालीका चर्चित नेता हुन् । जुम्लाको प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट एमालेका पदमबहादुर रोकाय विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्