ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा कसरी भर्ना हुने ?


१५ बैशाख २०७६, आईतवार
How to join gurkha Brtish army ब्रिटिस गोर्खा आर्मी र सिङगापुर पुलिस

‘गोर्खा भर्ती’ अर्थात् लाहुर कुनै बेला नेपालका आदिवासी जनजाति समुदायका युवाहरुको पहिलो सपना नै थियो । सन् १८१६ यता नेपाली युवाहरु निरन्तर गोर्खा भर्तीमा भर्ना भएर काम गर्दै आएका छन् । आज पनि गोर्खा भर्तीप्रतिको आकर्षण घटेको भने छैन । संख्या सिमित भएपनि हरेक वर्ष हजारौंका संख्यामा युवाहरु ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ना हुनका लागि प्रयासरत हुन्छन् । यो वर्ष पनि ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुर प्रहरीमा १ सय २० जनाको लागि भर्ना खुलीसकेको छ ।

यो वर्षदेखि तालिमहरुमा केही फेरबदल समेत गरिएको छ । ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ना हुनका लागि नयाँ कस्ता प्रक्रियाहरु छन् ? आवेदनदेखि छनोटसम्म के–कस्ता प्रक्रिया पुरा गर्नपर्छ ? युवाहरुका लागि जानकारी होस् भन्ने उद्देश्यले हामीले गोर्खा बेस क्याम्प, सुकेधाराका प्रबन्ध निर्देशक अनिल राईसँगको संवाद प्रस्तुत गरेका छौं । राई नेपाल फिजिकल ट्रेनिङ्ग एशोसिएशनको केन्द्रीय समिति सदस्य तथा गोर्खा भर्ती सम्बन्धी तयार पारिएको जानकारीमुलक पुस्तकको संयोजक समेत हुन् । हेर्नुहोस्, पुरा भिडियो संवाद :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७