सामुदायिक विद्यालयमा ‘स्मार्ट बुक’


१५ बैशाख २०७६, आईतवार
क

स्याङ्जा, १५ बैशाख । वालिङ नगरपालिका –१ स्थित रणवीर जनहित माध्यामिक विद्यालयमा स्मार्ट बुक (टकिङ टिचर) प्रविधिबाट पढाई हुन थालेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम हुँदै गएकाले शिक्षण सिकाईलाई प्रभावकारी बनाएर आकर्षण वढाउन यस्तो प्रविधि भित्राइएको वडाध्यक्ष केदार काफ्लेले बताए । परम्परागत शिक्षण पद्दतीले विद्यार्थीको रुचि घट्दै गएकोले वडामा रहेका सबै सामुदायिक विद्यालयहरुमा ‘टकिङ टिचर’ प्रविधि सञ्चालनमा ल्याएको काफ्लेले जानकारी दिए ।

यो प्रविधिले छिटो बुुझ्ने, स्मरणमा रहने र सिकाई दिगो हुने, उच्चारणको समस्या समाधान हुनेलगायतका सहजता ल्याउँछ । विद्यार्थीले तीन हजार अंग्रेजी र १५ सय नेपाली शब्द हेर्न र सुन्न सक्ने छन् । यो प्रविधिबाट पूर्व प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी लाभान्वित हुने र विद्यालयका प्रधानाध्यापक लक्ष्मी रेग्मीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७