घुस रकमसहित वडाध्यक्ष पक्राउ


१६ बैशाख २०७६, सोमबार

सप्तरी, १६ बैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७