१२५ डाक्टरलाई पुल दरबन्दीमा राखिंदै, कुन-कुन तहका कतिलाई राखिंदैछ पुल दरबन्दीमा ?


१६ बैशाख २०७६, सोमबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, १६ बैसाख । सरकारले आन्दोलनरत डाक्टरहरुको माग सम्वोधन गर्दै १२५ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्ने भएको छ ।

आन्दोलनरत डाक्टरहरुसँगको सहमति अनुसार उनीहरुलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२५ जना डाक्टरलाई पुल दरबन्दीमा राख्ने प्रस्तावसहितको फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको जनाइएको छ ।

सामान्य प्रशासनले उक्त फाइलमा संख्या मात्र उल्लेख भएकाले पुल दरबन्दीमा राख्ने भनिएका डाक्टरहरुको नाम र विशेषज्ञता समेत खुलाउनु पर्ने भन्दै स्वास्थ्य मन्त्रालयमा फाइल फर्काएको छ ।

स्वास्थ्य मन्त्रालयले ११ औं तहका ५, ९ र १० औं तहका ८० र ८ औं तहका ४० जनालाई पुल दरबन्दीमा राख्ने प्रस्ताव सामान्यमा पठाएको थियो । मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले पुल दरबन्दीमा राख्ने कुरा सकारात्मक रहेकाले प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान) बीच गत चैत ३० गते पुल दरबन्दी राख्ने कुरामा ‘जेन्टलमेन’ सहमति भएको थियो । सोही अनुसार मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गर्न गोदानसँग १५ दिनको समय माग गरेको थियो । १५ दिनको समय आइतबारबाट सकिएको छ । मन्त्रालयले सोही सहमति अनुसारको प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७