पशुपतिशमशेरलार्इ शेरबहादुरले हराए


२३ मंसिर २०७४, शनिबार
sher bahadur tamang

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं। २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् ।sher bahadur tamang
सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा १ मा कांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै नेकपा माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए।
यस्तै प्रतिनिधि सभा २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई हराउँदै नेकपा एमालेका शेरबहादुर तामाङले जित हाँसिल गरे। तामाङले ३८ हजार ४ सय १ मत ल्याउँदा राणाको मत ३० हजार ३ सय ६९ मात्र आयो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७