बूढानिलकण्ठ स्कुलको प्रिन्सिपल छनोट अपारदर्शी, पूर्व विद्यार्थीले मागे छनोट प्रक्रियाको सूचना


१९ बैशाख २०७६, बिहीबार
budhanilkantha school

काठमाडौं, १९ बैशाख । बूढानिलकण्ठ स्कुलको नयाँ प्रिन्सिपल छनोटप्रति पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका छन् । देशकै प्रतिष्ठित तथा देशभरका विद्यार्थी अध्ययन गर्ने स्कुलको प्रिन्सिपल छनोट पारदर्शी नभएको तथा राजनीतिक चलखेल भएको भन्दै पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका हुन् ।

छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्कुलका एक पूर्व विद्यार्थी सर्लाही जिल्ला बरहथवा–८ का सन्तोष साहले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचना माग गरेका छन् ।
साहले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ को आधारमा मन्त्रालयका सूचना अधिकारीसँग सुचना माग गर्दे उक्त पत्र सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता गरे ।

छनोटमा सहभागी सम्पूर्ण निवेदकहरुको प्रारम्भिक चरणदेखि नतिजा घोषणसम्मको प्राप्ताङ्क, निवेदकहरूले दिएको प्रस्तुतिकरण, उनीहरुले हासिलको गरेको स्थान (नतिजा) तथा छनोट विधि र प्रक्रियाको प्रतिलिपि, निवेदकहरुले हासिल गरेको प्राप्ताङ्क तथा नतिजाको आधार समेत खुलाइदिन अनुरोध गर्दै आफूले निवेदन दिएको साहले जानकारी दिए ।

आफू सोही विद्यालयको पूर्व विद्यार्थी भएको र उक्त स्कुल नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय गौरवको शैक्षिक संस्था भएकाले सार्वजनिक हितको लागि सूचना माग गरेको साहको भनाइ छ ।

२०७६ वैशाख १७ गते ५ वर्षका लागि बूढानिलकण्ठ स्कुलको प्रधानाध्यापक छनोट नतिजाको घोषणा गरिएको थियो ।

सुचनाकाे हक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७