स्थानीय तहमा १० हजार कर्मचारी माग, कुन सेवा समूहका बढी ?


२२ बैशाख २०७६, आईतवार
karmachari staff covil wNY50lo5Zy 1

काठमाडौं, २२ बैसाख । देशभरका ७५३ स्थानीय तहले झण्डै १० हजारको संख्यामा नयाँ कर्मचारी माग गरेका छन् ।

ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फारममार्फत रिक्त कर्मचारीको विबरण पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

माग भई आएका पदमा जिभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृतस्तारका बढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झण्डै १६ हजार दरबन्दी रिक्त छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चाँडै नै स्थानीय तहमा फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गरिने जानकारी गराइसकेका छन् । उनले विवरण आइसकेपछि लोकसेवालाई विज्ञापनका लागि आह्वान गरिने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७