हो, म बिन्दास मान्छे हुँ : राजेश पायल राई ( अन्तर्वार्ता)


२३ बैशाख २०७६, सोमबार
Rajesh payal rai and sherya rai

काठमाडौं, २३ वैशाख : राजेश पायल राई नेपाली संगीत क्षेत्रको बहुचर्चित र लोकप्रिय नाम हो । उनको गायनमा कुनै निश्चित सिमा अथवा घेरा छैन । आधुनिक, लोक, पप सबै खालका गीत गाएका छन् । अनेकौं भाषामा गाएका छन् । यही कारण राजेश पायल राई चर्चित मात्रै छैनन्, लोकप्रिय र सदावाहर छन् । अहिलेका सर्बाधिक व्यस्त गायकको सूचीमा अहिलेसम्म पहिलो नम्बरमै छन् । उनी ‘राई इज किङ्ग’ को नामले पनि चिनिन्छन् ।

राजेशको पुस्ताका अधिकांस गायक गायिकहरु ‘रिटायर्ड’ भइसके । संगीतबाट ‘अवकाश’ लिएर फुर्सदमा पुरानो सम्झना गरिहेका बेला राजेश पायल भने स्टेज र मञ्चहरु उसैगरी हल्लाइरहेका छन् । उसैगरी तताइरहेका छन् । नेपालभन्दा उनी बढी विदेशका मञ्चहरुमा समय बिताउछन् । कहिलेकाही उनी भन्छन्, ‘मेरो आँधा उमेर आकाशमै बित्ने भयो ।’

२० भाषाका गीत गाइसकेका राजेशले पछिलो सयम ‘दर्शन नमस्ते ४’लाई बजारमा ल्याएका छन् । उनले आजसम्म लगभग ८ हजार गीत गाइसकेका छन् । त्यसो त राजेश पायल सरल गायक पनि हुन् । ‘म ठुलो गायक हुँ’ भन्ने घमण्ड कहिल्यै देखाउँदैनन् । साथीभाईसँग मिलनसार छन् । त्यसैले राजेश राईलाई बिन्दास मान्छन् उनका साथीभाईहरु । राजेश यो कुरा स्वीकार गर्छन् । भन्छन्, ‘हो, म बिन्दास मान्छे हुँ ।’

श्रेया राई नयाँ प्रतिभा हुन् । एउटा गायन रियलिटि सोबाट चिनिएकी श्रेया संगीतमा नै आफ्नो उज्यालो भबिष्य देखिरहेकी छिन् । धनकुटाकी श्रेयाले छोटो समयमै आफ्नो प्रतिभा देखाएर दर्शक स्रोतको मन जितेकी थिइन् ।

कुनै गायकहरु यस्ता छन्, जो आफूलाई बेग्लै ठान्छन् । नयाँ प्रतिभालाई माया उनीहरुको लागि टाढाको बिषय हुन्छ । तर, राजेश पायल यस्ता सरल गायक हुन् । जो आफूलाई कहिल्यै पनि ठुलो मान्दैनन् । नयाँ प्रतिभाहरुलाई उनी माया गर्छन् । गायिका श्रेयासँग स्टुडियोमा भेटिएका राजेश पायलले भने, ‘पुरानोले नयाँलाई माया नगरे प्रतिभाहरु कसरी फुल्छ ?’ उनै राजेश पायल राई र श्रेयाराईसँग नयाँ पेजका लागि रसिक किराती गरेको भिडियो संवाद । हेर्नुहोस् :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७