काठमाडौं उपत्यकामै पनि टेलिकमको सेवा कमजोर


२४ बैशाख २०७६, मंगलवार
mobile 1
फाइल फोटो

काठमाडौं, २४ बैसाख । सबैभन्दा बढी पूर्वाधार भएको काठमाडौं उपत्यकामा पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार प्रमुख दूरसञ्चार सेवा प्रदायकको भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो । प्राधिकरणले चैतमा ललितपुरका विभिन्न स्थानमा गरेको परीक्षणको क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा प्राधिकरणले तय गरेको मापदण्ड भन्दा कमजोर रहेको पाइएको छ ।

नेपाल टेलिकम, एनसेल र स्मार्टको सेवालाई आधार मानेर गरिएको परीक्षणको क्रममा तीनै सेवाप्रदायकको नेटवर्कमा कल स्थापित हुन लाग्ने समय प्राधिकरणले तोकेको मापदण्ड भन्दा कमजोर छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७