सप्तरी २ मा उपेन्द्र यादव भारी मतले विजयी


२३ मंसिर २०७४, शनिबार
Upendra Yadav

काठमाडौं: सप्तरी २ मा सङ्घीय समाजवादी फोरमका अध्यक्ष विजयी भएका छन् ।

Upendra Yadav

उनले उनी माओवादीका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । अध्यक्ष यादवले १० हजार मतान्तरले विजयी भएका छन् । यादव सप्तरी २ बाट २१ हजार ६ सय ३० मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ७९ मत ल्याएका छन् ।
फोरम–राजपा गठबन्धन तर्फबाट उम्मेदवार बनेका यादवलाई कांग्रेसले सहयोग गरेको थियो । यसअघिका दुई निर्वाचनमा सुनसरी–५ बाट निर्वाचित यादव यो निर्वाचनमा सप्तरी–२ बाट उठेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७