सामुदायिक विद्यालयका करोडौँका भवन छन्, विद्यार्थी भने छैनन्


२९ बैशाख २०७६, आईतवार
school 1

रामेछाप, २९ बैशाख । जिल्लामा भूकम्पपछि धमाधम सामुदायिक विद्यालयका सुविधासम्पन्न भवनहरु पुनर्निर्माण भएका छन् । विद्यालय भवन आधुनिक बने पनि पढ्ने विद्यार्थी नै भेटिन मुश्किल हुन थालेको छ ।

जिल्लाका ३ सय ९७ विद्यालयमध्ये १० वटामा अहिले ९ जना भन्दा कम विद्यार्थी रहेका छन् । त्यस्तै १८ वटा विद्यालहरुमा १५ जना भन्दा कम र २४ वटा विद्यालयहरुमा ५० भन्दा कम विद्यार्थीहरु छन् । पछिल्लो समय छोराछोरीलाई अंग्रेजी शिक्षा पढाउने अभिभावकको रहर र सामुदायिक विद्यालयको स्तर खस्किएको भन्दै शहरी क्षेत्रका निजी विद्यालयमा बालबालिका पढाउने प्रचलन बढेको छ ।

रामेछाप जिल्लामा भूकम्पपछि २१ अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवनहरु बनेका छन् । ती भवनहरु अपाङ्ग, छात्रामैत्री तथा विज्ञान प्रयोगशालासहितका छन् । युएसएडको आर्थिक सहयोगमा सो विद्यालयमा २६ कोठाका ५ वटा अति सुविधासम्पन्न भवनहरु बनेका छन् । भवन आइतबार एक कार्यक्रमको आयोजना गरी युएसएडका प्रतिनिधि निक लिड्युको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

करोडौंको लगानीमा बनेका संरचनाको संरक्षण गर्न र विद्यार्थीहरुलाई गाउँमै रोक्न चुनौती भएको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगर बताउँछन् । नेकपाका नेता आनन्द श्रेष्ठ गाउँमा गुणस्तरीय शिक्षा दिन नसक्दा गाउँनै उजाड बन्दै गएको बताउँछन् । छोराछोरीलाई पढाउनकै लागि मानिसहरु शहर झरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७