आपूर्तिमन्त्री र कर्मचारीबीच सिंहदरबारमै हात हालाहाल, कारण स्वकीय सचिवले घुस खाएको आरोप


१ जेष्ठ २०७६, बुधबार
matrika

काठमाडौं, १ जेठ । वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिवले घुस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ ।

स्वकीय सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रीको कार्यालयमा बबाल मच्चिएको हो ।

कर्मचारीहरु शोभाकर रेग्मी, विश्वबन्धु रेग्मीलगायत समूह स्वकीय सचिव आचार्यले घुस खाएको भन्दै उनको कार्यकक्षमा होहल्ला गर्न पुगेको जनाइएको छ ।

बुधबार मन्त्रीले आस्थाको आधारमा कर्मचारी सरुवा गरेको विरोधमा डेलिगेसन गएका कांग्रेस निकट कर्मचारीहरु र मन्त्रीबीच हात हालाहाल भएको डेलिगेसनमा गएका युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी बताएका छन् । युनियनका उपाध्यक्ष उत्तम कटुवाल र अधिकारीसहितको टोली बुधबार दिउँसो सिंहदरबार पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७