यस्तो रहेछ रिनाकाे मृत्युको कारण, प्रेमी भनिएका कमल नेपाल छुटे


२ जेष्ठ २०७६, बिहीबार
rina

पथरी, २ जेठ । पथरीकी रिना बस्नेतको मृत्यु प्रकरणका अनुसन्धानहरुले उनको हत्या नभएको ठहर गरेको छ । रिनाको मृत्यु प्रकरणमा सोधपुछ र अनुसन्धानका लागि पक्राउ परिएका रिनाको प्रेमी भनिएका कमल नेपाल बुधबार दिउँसो रिहा छुटे छन् ।

नग्न अवस्थामा आफ्नै कोठा अगाडि मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै भएको प्रहरीले अन्तिम निष्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा भएका हुन ।

घट्नाको शुरुदेखि रिनाको हत्या नभई लडेर मृत्यु भएको बताउँदै आएको प्रहरीले रिनाको ब्वाईफेण्ड भनिएका नेपाललाई पक्राउ गरी सार्वजनिक मुद्धामा म्याद थपेर अनुसन्धान गर्दै आएको थियो । कमलले रिना मृत्युमा कुनै संलग्न नदेखिएको कारण उनी छुटेका हुन् ।

यसअघि अनुसन्धानमा खटिएका एक प्रहरीले भने कमल नेपालको रिनाको मृत्युसँगै कुनै तालमेल नमिलेको कारण छुट्ने बताएका थिए । पोष्टमार्टम रिपोर्टले पनि रिनाको हत्या नभई लडेर नै भएको बताए सँगै प्रहरीले अनुसन्धानको लागि मात्र कमल नेपाललाई पक्राउ गरेको जनाएको थियो ।

नेपाललाई अभद्र ब्यवहार मुलुकी फौजदारी अपराधान संद्यिता २०७४ को दफा ११८ मा मुद्धा दायर भएको थियो । सो मुद्धामा बुधबार दिउसो जिल्ला अदालत मोरङको आदेशमा १० हजार धरौटी बुझाएपछी उनी रिहा भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७