उपाधि जितमा म्यानचेस्टर सिटीको ह्याट्रिक, एफ ए कपको उपाधि पनि सिटीलाई नै


५ जेष्ठ २०७६, आईतवार
manchester city 1

काठमाडौं, ५ जेठ । म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी सिटीले एफए कपको उपाधि जितेको हो ।

1 13

जितसँगै म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

2 12

इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलोपटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जेससले २–२ गोल गरे ।

3 10

पूरै सिजन प्रभावशाली देखिएको म्यानचेस्टर सिटीले वाटफोर्टविरुद्ध पनि एकपक्षीय हाबी भयो । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो ।

२६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा ३–० को अग्रता कायम गर्ने क्रममा जेसस र बर्नान्डो शिल्भाले गोल गरे । दोस्रो हाफमा स्टर्लिङले २ गोल गर्दा जेससले १ गोल थपे ।

4 8

म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक । सन् २०१६ मा म्यान्चेस्टर आएयता ग्वार्डिओलाले सिटीलाई ६ उपाधि दिलाएका छन् । तर उनी सिटीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन तल्लीन देखिन्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७