अब बैंकहरुले एटीएममा नेपाली भाषा अनिवार्य नराखे कार्बाही


६ जेष्ठ २०७६, सोमबार
1536232130atm czbil

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेशिन (एटीएम) मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सूचना जारी गरेर एक महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेकोसम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।

उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कार्वाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७