प्रहरीले खेलाडीको सेवा सुविधा बढाउँदै


७ जेष्ठ २०७६, मंगलवार
IGP Sarbendra khanal

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीले संगठनभित्रका खेलाडीहरुको सेवा र सुविधा वृद्धि हुने भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उनले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठनभित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठनभित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७