विप्लव नेकपाका व्यूरो इञ्चार्जसहित पाँच जना पक्राउ


८ जेष्ठ २०७६, बुधबार
karnali

काठमाडौं, ८ जेठ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका भेरी ब्यूरो इञ्चार्ज बलबहादुर वलीसहित पाँच जना पक्राउ परेका छन् ।

व्यूरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेज समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पक्राउ गरेको छ । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७