प्रदेश नं. ३ क्रिकेट टिमको कप्तानी पारसले गर्ने


८ जेष्ठ २०७६, बुधबार
Paras Khadka

काठमाडौं, ८ जेठ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्काले प्रदेश नं. ३ क्रिकेट टिमको कप्तानी गर्ने भएका छन् । जेठ १० गतेबाट सुरु हुने प्रधानमन्त्री एक दिवसिय राष्टिय प्रतियोगिताको लागि प्रदेश नं. ३ सरकारले उनको नेतृत्वमा आफ्नो १४ सदस्य टोली घोषणा गरेको हो ।

बुधबार घोषणा गरेको टोलीमा कप्तान पारससँगै थुप्रै युवा खेलाडीले मौका पाएका छन् । राष्ट्रिय टिमका उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल प्रदेश नं. ३ को पनि उपकप्तान छन् ।

टोलीमा सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, इशान पान्डे, रित गौतम , प्रतिस जि.सी, अभिषेक बस्नेत, सुर्य तामाङ्ग, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदिल खान र रविन जोशी (विकेटकीपर) रहेका छन् ।

सैगरी वैकल्पिक खेलाडीमा भुपेन्द्र थापा, रेवाती यादव, सुभ कंसाकर र दिपक बोहोरा रहेका छन् । भने प्रशिक्षक मन्जुर आलम खान र व्यवस्थापक सुमन राज कार्की रहेका छन् ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

समुह ए मा रहेको प्रदेश ३ ले पहिलो खेल जेठ ११ मा टियु मैदानमा एपीएफसँग खेल्ने छ । दोस्रो खेल टियुमै जेठ १२ मा गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । मुलपानीमा जेठ १८ मा सुदूरपश्चिमसँग खेल्ने छ । अन्तिम खेल जेठ २० मा प्रदेश ५ सँग टियूमा खेल्ने तालिका रहेको छ । शीर्ष दुईमा पर्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । यस पटक प्रदेश ३ लाई उपाधिको दावेदार टोलीको रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७