जीप दुर्घटना, एक जनाको मृत्यु


१० जेष्ठ २०७६, शुक्रबार
acc 2

हेटौंडा, १० जेठ । लिच्ची बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा एङ्क जनाको मृत्यु भएको छ, दुई जना गम्भीर घाइते भएका छन् ।

हेटौंडाबाट भीमफेदी कुलेखानी सडक हुँदै काठमाडौंतर्फ गएको बा २० च ४२७९ नम्बरको जीप इन्द्रसरोबर गाउँपालिका ३ टेकरमा सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा भारत मोतिहारीका ४० बर्षका कन्हैया साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनामा भीमफेदी गाउँपालिका ५ का महेश ब्लोन र भारत बेतियाका २२ बर्षका कन्हैयाकुमार साह गम्भीर घाइते भएका छन् । दुबै जना घाइतेको काठमाडौं बल्खुको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७