अनिश र विश्व रुपालाई कान्तिपुर हाफ म्याराथनको उपाधि


११ जेष्ठ २०७६, शनिबार
winner

काठमाडौं, ११ जेठ । कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणको उपाधि अनिश थापामगर र विश्व रुपा बुढाले उपाधि हात पारेका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भएको म्याराथनमा भारतीय सेनाका अनिष थापामगर र त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढा नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ मा उपाधी जितेका हुन् ।

अनिषले दोस्रो भएको दुर्घा बुढालाई ५ सकेन्डले पछि पार्दै दोस्रोपटक उपाधि जित्न सफल भएको हो । अनिष चौथो संस्करणको विजेता हो । अनिषले निर्धारित दुरी १ घन्टा ८ मिनेट ४ सेकेन्डमा पुरा गर्दा दुर्गा बुढाले १ घन्टा ८ मिनेट ९ सेकेन्डको समय निकाले । आर्मीका कृष्ण बस्नेत १ घन्टा ९ मिनेट २ सेकेन्डसहित तेस्रो भए । गजेन्द्र राई, किरण सिंह बोगटी र रामजी बस्नेतले चौथो, पाँचौ र छैटौं स्थान हात पारे ।

महिलातर्फ च्याम्पियन बनेकी आर्मीकी विश्वरुपा बुढाले निर्धारित दुरी १ घन्टा २३ मिनेट २८ सेकेन्डमा पार गरिन् । विश्वरुपा पनि दोस्रो पटक च्याम्पियन बन्न सफल भएकी हुन् । विश्वरुपा यसअघि पाँचौ संस्करणमा च्याम्पियन बनेको थियो । काठमाडौंकी सन्तोषी श्रेष्ठले १ घन्टा २४ मिनेट १ सेकेन्डसहित बृन्दा ढाके श्रेष्ठले १ घन्टा २४ मिनेट ५८ सेकेन्डका समय निकाल्दै तेस्रो स्थान हात पारिन् । फुलमती राना, रेखा विष्ट र सरस्वती खड्काले चौथो, पाँचौ र छैटौं स्थान हात पारिन् ।

विजेताले ५० हजार रुपैयाँ र हिरोको डुएट स्कूटर पाए । हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन् ।

हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो ।
कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करीब ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २० दशमलव ८ सेकेन्डमा दूरी पूरा गरे ।

दोस्रो भएका अजय तामाङले १७ मिनेट ५५ दशमलव ९५ सकेन्डमा दुरी पूरा गरे । उत्तम श्रेष्ठले १८ मिनेट १२ दशमलव ४६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ काजल विष्टले २१ मिनेट २३ दशमलप ५ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन् । जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सुनिता गौतम २४ मिनेट ९ दशमलव ७ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भइन् । कर्पोरेट–मिडियाको दौडमा करीब २३ सय जनाको सहभागिता थियो ।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको भ्रमण प्याकेज उपलब्ध गराएको छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ । यो स्पर्धा थापाथलीबाट सुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुनः सोही रुट फर्कंदै थापाथली पुगेर टुंगिएको हो ।

हिृवलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए मोहन बहादुर बस्नेतले तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ रजनी राई दोस्रो र बविता थापा तेस्रो भइन् । हिृवलचियर रेस थापाथलीबाट सुरु भई माइतीघर मण्डलाबाट पुनः थापाथली फर्केर सम्पन्न् भएको थियो । यो स्पर्धाका विजेता महिला र पुरुषले समान २०–२० हजार रुपैयाँ पाए ।

दोस्रो हुने प्रतियोगीले १०–१० र तेस्रो हुनेले ५–५ हजार रुपैयाँ प्राप्त गरे । एन्टी पोलुसन रनको नारा दिइएको नवौं संस्करणको यस प्रतियोगितामा करीब ३ हजार ५ सय सहभागी थिए । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । बैशाख २२ देखि जेठ ९ सम्मको नाम दर्ता समयमा हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हिृवलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले सहभागिताका लागि नाम दर्ता गराएका थिए ।

हाफ म्याराथनमा मात्र १ हजार २ सय ७० जनाको सहभागिता रहको छ । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका छन् । हिृवलचियर दौडतर्फ २० जनाको सहभागिता रहेको छ ।

थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स हाताबाट आज बिहान ७ देखि सुरु हुने दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गरे । अघिल्लो संस्करणमा २ हजार ५ सय ६० जनाले सहभागिता जनाएका थिए ।

हाफ म्याराथनको आठ वर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् । दुवै आ–आफ्नो विधाका साविक विजेता हुन् । कान्छीमायाले पाँच पल्ट र हरिले चारपल्ट उपाधि जितिसकेका छन् । यस संस्करणमा कान्छीले तयारी नगरेको भन्दै सहभागिता जनाइन् ।

कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत र कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल र बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया र कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर र कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल र विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की र रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल र कान्छीमाया कोँजु
२०७४(०७५ – हरि कुमार रिमाल र कान्छीमाया कोँजु
२०७५–०७६ – अनिष थापामगर र विश्वरुपा बुढा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७