विश्व सम्पदा सूचीमा सूचीकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल


१२ जेष्ठ २०७६, आईतवार
sampada

काठमाडौं, १२ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ ।

१० वर्षअघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दैछ ।

नेपालले प्रत्येक १०–१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ । त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचीकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन ।

नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुक्तिनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो । लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७