ली क्वान यूका नातीले गरे समलिङ्गी विवाह


१२ जेष्ठ २०७६, आईतवार
li

काठमाडौं, १२ जेठ । आधुनिक सिङ्गापुरका निर्माता ली क्वान यूका एक नातिले आफ्ना केटा साथीसँग विवाह गरेका छन् ।

सिङ्गापुरमा समलिंगी विवाह गैरकानुनी छ । यूका नाति ली ह्सैयन याङले दक्षिण अफ्रिकाको केप टाउनमा हेङ यिरूईसँग विवाह गरेका हुन् । दक्षिण अफ्रिकामा सन् २००६ मा समलिंगी विवाहलाई मान्यता दिइएको थियो ।

याङले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा दुबै जनाको तस्बिर सार्वजनिक गर्दै आफूहरूले विवाह गरेको जानकारी दिएका हुन् । ‘आज मैले आफ्नो प्रियसँग विवाह गरेको छु,’ उनले लेखेका छन् ।

याङका बुवा ली क्वान यूका कान्छा छोरा हुन् । लीको चार वर्षअघि मृत्यु भएको थियो । देशमा समलिङ्गी विवाह प्रतिबन्धित भए पनि सिङ्गापुरवासीले याङको विवाहमा सकरात्मक प्रतिक्रिया जनाएका छन् । याङका बुवाले विवाहबारे प्रतिक्रिया दिँदै उनले छोराको विवाह देखेको भए आफ्ना बुवा नै अच्चमित पर्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७