‘सानो मन’ मा आयुष्मान र शिल्पाको ‘मस्ती’


१४ जेष्ठ २०७६, मंगलवार
unnamed

काठमाडौं, १४ जेठ । चलचित्र ‘सानो मन’ को छायांकन अहिले थाइल्याण्डमा भइरहेको छ । थाइल्याण्डको राजधानी बैंककमा छायांकन भइरहेको चलचित्रको शीर्ष गीत र केही दृष्यहरु त्यहाँ खिचिने निर्माण पक्षले बताएका छन् ।

चलचित्रको शीर्ष गीत ‘सानो मन’ को आधा भन्दा बढी दृष्य थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिएका छन् । उनले भने ‘हामीले गीतको आधा भाग पतायाको समुन्द्री किनारमा खिचेका छौँ । बाँकी भाग बैंककमा खिच्नेछौ ।’

IMG 6678

गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के फिचरिङ छन् । चलचित्रलाई आलोक शुक्लाले खिचिरहेका छन् । चलचित्रको शीर्ष गीतमा रोहितजङ्ग क्षेत्रीको स्वर छ भने स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

‘ओपिजी फिल्मस’, ‘ए प्लस इन्टरटेन्मेन्ट’ र ‘हाइटेक इन्टरटेन्मेन्ट’ को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीब श्रेष्ठ र रमेशकुमार मित्तलको लगानी छ । चलचित्रको कथा समिर सुनुवार र निर्देशक गुरुङले तयार पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७