शिक्षा तथा विज्ञान क्षेत्र छुटियो एक खर्ब ६३ अर्ब बजेट


१५ जेष्ठ २०७६, बुधबार
student

काठमाडौं, १५ जेठ । आर्थिक वर्ष २०७६–७७ का लागि शिक्षा तथा विज्ञान क्षेत्रमा बजेटले शिक्षामा विशेष जोड दिएको छ । यस क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ ।

शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको बजेटमा उल्लेख छ । सरकारले ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने बजेटको उद्देश्य लिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।

राष्ट्रपति शिक्षा सुधार कोष सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । दिवा खाजाका लागि ५ अर्ब ९५ करोड विनियोजन भएको छ ।

‘चिनौ आफ्नै माटो, बनाऔँ आफ्नै देश’ अभियान अन्तर्गत प्राविधिक विषय र गणित, अङ्ग्रेजी र विज्ञान विषयमा शिक्षक नपुग भएका स्थानमा स्नातक र स्नातकोत्तर अध्ययनरत गरिरहेका विद्यार्थीलाई शिक्षक स्वयमसेवकका रुपमा परिचालन गरिने बजेटमा उल्लेख गरिएको छ । यसका लागि एक अर्ब ५० करोड विनियाजन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७