सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने, प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड


१५ जेष्ठ २०७६, बुधबार
Samsad

काठमाण्डौ, १५ जेठ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड बजेट दिने भएको छ ।

संघीय संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड बनाएको जानकारी दिए ।

गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ ।

हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७