चेल्सीलाई युरोपा लिग फुटबलको उपाधि


१६ जेष्ठ २०७६, बिहीबार
chelsea

काठमाडौं, १६ जेठ । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो ।

chelsea 3

चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

hazard

४९ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता १–० को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल थपेपछि आर्सनल २–० ले पछि परेको थियो । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३–० को बनाए ।

chelsea 2

६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले फेरि पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७