‘श्वेताश्री फाउन्डेसन’को नाम सगरमाथाको चुचुरोमा फहराइयो


१६ जेष्ठ २०७६, बिहीबार
sweta shreee foundation in mt everest

काठमाडौं, १६ जेठ । अभिनेत्री श्वेता खड्काको ‘श्वेताश्री फाउन्डेसन’को झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । पति श्री कृष्ण श्रेष्ठको स्मृतिमा आफ्नो नामसँगै स्वर्गीय पतिको नाम जोडेर सामाजिक क्षेत्रको विकासका लागि निर्मित्त फाउन्डेसनको झण्डा आरोही पेम्बा दोर्जे शेर्पाले चुचरोमा फहराएका हुन् । शेर्पा ‘स्पीड क्लाइम्बर’को रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन सफल आरोही हुन् ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको तस्विर अंकित टि सर्ट पहिरिएर गत जेठ २२ गतेका पेम्बा दोर्जे शेर्पाको अगुवाईमा चीन र भारतका १० सदस्यीय आरोहण टोलिले सगरमाथाको चुचुरोमा पुगेका थिए ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मिल्ने साथी भएको बताउँदै आरोही पेम्बा दोर्जेले आफ्नो साथीको नाममा स्थापित संस्थाले सामाजिक बिकासको क्षेत्रमा निक्कै राम्रो काम गरिरहेकोले सो कामलाई हौसला प्रदान गर्न आफुले उक्त संस्थाको नाम सगरमाथाको चुचुरो र्पुयाएको बताए ।

‘हामी राम्रो काम गर्नेलाई हौसला दिनु भन्दा हत्तोसाहित गर्न तत्पर रहन्छौं’ आरोही शेपाले भने,‘ स्वर्गिय श्रीकृष्णकी पत्नी श्वेता खड्काले माझी बस्ती बनाएर सरकारले गर्नु पर्ने कामलाई आफुले अंगालेकी छिन । एउटी नारीले नमुना बस्ती बनाउन जुन किसिमको हिम्मत गरिन त्यो हिम्मतलाई हामीले कदर गनु पर्छ, उनकै हिम्मतको कदर गर्दै मैले सो संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पुर्याएको हौँ ।’

सामाजिक काम गर्नु भनेको हिमाल चढ्ने काम भन्दा पनि कठिन भएको बताउँदै आरोही शेर्पाले हिमाल चढ्दा खुट्टा तान्नेहरुको संख्या कम हुने तर सामाजिक काममा खुट्टा तान्नेहरु धेरै हुने भएकोले नायिका श्वेता खड्काले हिमाल चढ्ने भन्दा पनि कठिन काम गरिरहेको बताउंदै सबै क्षेत्रबाट नायिका खड्कालाई प्रोत्साहित गर्नु पर्ने बताए ।

‘बरु सगरमाथाको बाटोमा ढुङ्गाहरु पन्छाएर हिंड्न सजिलो छ तर खुट्टा तान्ने र कुराकाट्नेहरुलाई पाखा लगाएर सामाजिक काम गर्न र्गाहो छ ।’ नायिका खड्काको प्रशंसा गर्दै उनले भने,‘श्वेताले यही कठिन काम गरिरहेकी छिन्, जस्लाई हामीले तारिफ गर्नु पर्छ र हौसला प्रदान गनु पर्छ ।’

नायक श्रेष्ठको निधन हुंदा आफु बिदेशमा रहेको र प्रत्यक्ष रुपमा श्रद्दान्जली दिन नपाएकोमा आफुलाई ग्लानी महसुस भएको बताउँदै आरोही शेर्पाले आफ्नो हितैसी मित्रको स्मृतिमा स्थापित श्वेताश्री फाउण्डेशणको नामलाई संसारकै अग्लो शिखरमा र्पुयाउन पाउँदा गर्वको महसुस भएको बताए ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा नायिका श्वेता खड्काले स्थापना गरेको श्वेता श्री फाउण्डेशनले यतिखेर सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका वार्ड न १४ का ५३ घर भुकम्प पीडित माझी परिवारको लागि एकिकृत बस्ती निर्माण गरिरहेको छ ।

हाल सम्म ५३ वटा घरहरु निर्माण गरिसकेको सो फाउण्डेशनले अन्य भौतिक पुर्वाधारहरु जस्तै सामुदायिक भवन, बाल बगैंचा, स्वास्थ्य चौकी, रोड, नाला, वाटर फाउन्टेन लगाएतका अन्य संरचनाहरु निर्माण गर्न योजना अनुरुप आवश्यक आर्थिक सहयोग संकलनको अभियानमा जुटी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७