नेपाल रोज्दा किरणको सम्झौता रद्द


१६ जेष्ठ २०७६, बिहीबार
Kiran Chemjong

काठमाडौं, जेठ १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले नेपाली राष्ट्रिय टोलीको मैत्रिपूर्ण खेललाई रोज्दा माल्दिभ्सको टिसी स्पार्टससँगको सम्झौता रद्द हुने भएको छ ।

यसअघि लिगमा उत्कृष्ट प्रदर्शन गरेका किरणलाई नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपाल बोलाउने निर्णय गरे पछि किरणले मैत्रीपूर्ण खेललाई प्रथामिकता दिएका हुन् ।

नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ । दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेको किरणसँगको सम्झौता क्लवले रद्द गरेको हो । किरण र टिसी स्पोर्टसबीच मौखीक रुपमा सहमती भए पनि आधिकारीक रुपमा कागजी प्रक्रिया हुन बाँकी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७