विश्वकप क्रिकेट : अफ्रिका भारतसँग ६ विकेटले पराजित


२३ जेष्ठ २०७६, बिहीबार
1 4

काठमाडौं, २३ जेठ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ ।

दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे ।

2 4

रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए ।

3 4

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

4 3

१५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वा्धिक ४२ रन बनाउँदा रबाडा ३१ रनमा नट आउट रहे ।

कप्तान फाफ डु प्लेसिस ४२ रनमा आउट हुँदा फेलुकवायोले ३८ रन जोडेका थिए । बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई–दुई विकेट लिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७